सूचना-प्रवधि

युट्युब जस्तै भएर पनि ओझेलमा परेका पाँच भिडियाे साइट

इकागज |
मंसिर १५, २०७८ बुधबार ९:१४ बजे

युट्युबको बारेमा त हामी सबैलाई थाहा नै छ तर युट्युब जस्तै अन्य ५ साइटहरू छन् । जसमा युट्युबका जस्तै भिडियो हेर्न सकिन्छ । एन्ड्रोइड हरेक स्मार्टफोनमा युट्युब भएसँगै यसको प्रयोग व्यापक भयो र यसले युट्युबमा सबैको पहुँचमा पुग्यो । युट्युब जस्तै अन्य भिडियो साइट भने केही ओझेलमा परेका छन् । यहाँ युट्युबजस्तै अन्य पाँच साइटका बारेमा जानकारी दिइन्छ जसमा युट्युब जस्तै भिडियो हेर्न सकिन्छ ।

डेलीमोशन


डेलीमोशन युट्युबको प्रतिद्वन्दी भन्दा फरक नपर्ला । यसमा पनि युट्यबका जस्तै भिडियो हालेर कमाई गर्न मिल्छ । डेलीमोशन कपिराइटको मामिलामा भने युट्युब भन्दा केही लचकदार रहेको छ । यसमा युट्युबमा जस्तो कपिराइटको समस्या देखिदैन्। तपाईंले भर्खरैमात्र भिडियो बनाउन सुरू गर्नु भएको छ भने तपाईंलाई यो प्लेटफर्म पनि उत्कृष्ट विकल्प हुनेछ ।

भिमियो

भिमियो युरोप तथा अमेरिकामा सर्वाधिक प्रयोग गरिने भिडियो प्लेटफर्म हो । कतिपय अमेरिकन सेलिब्रेटीहरू भिमियो मार्फत नै आफ्ना गीतहरू सेयर गर्ने गरेको पाइन्छ । वेबमा उच्च गुणस्तरीय भिडियो सुरु गर्ने पहिलो प्लेटफर्म समेत हो । यसमा तपाईं आफ्नो इच्छा अनुसारको भिडियोहरू उच्च गुणस्तरीय प्रविधिमा हेर्न सक्नुहुन्छ ।

भिडियोज हव

झट्ट हेर्दा भिडियोज हव युट्युब जस्तै देखिन्छ । यसमा छोटा छोटा भिडियोको संकलन रहेको छ । भिडियोज हवमा भिडियोको क्वालिटी भने त्यति गुणस्तरीय रहेको पाइदैन । यसमा भएका भिडियो पनि ब्राउजरमा हेर्न सजिलो रहेको । इन्टरनेटको स्पीड अनुसारको भिडियो क्वालिटी सपोर्ट गर्ने हुँदा यसमा इन्टरनेट स्लो हुँदा पनि भिडियव सजिलै हेर्न सकिन्छ ।

इन्टरनेट आर्कइभ

इन्टरनेट आर्काइभ यस्तो साइट हो जहाँ तपाईंले इन्टरनेटमा डिलिट भएका कतिपय फाइलहरू सजिलै पाउनसक्नुहुन्छ । अनलाइनमा डिलिट भएका धेरै कन्टेन्ट समेत यसमा रहेका हुन्छ । इन्टरनेट आर्काइभ पनि विभिन्न प्रकारका भिडियोहरू रहेका हुन्छन् । यसलाई पनि तपाईं युट्युबको अन्य विकल्पको रुपमा पाउनसक्नुहुन्छ । यसमा टेलिभिजनका आर्काइभ, फिल्म लगायतका भिडियो पाउनसक्नुहुन्छ । अन्य ठाउँमा डिलिट हुँदा समेत तपाईंले यसमा त्यस्ता डिलिट भएका फाइल प्राप्त गर्न सक्नुहुन्छ ।

ट्वीच

ट्वीच विश्वमै सबैभन्दा लोकप्रिय लाइभ स्ट्रिमिङ भिडियो प्लेटफर्म हो । यस प्लेटफर्म अनलाइन गेमिङको लागि प्रख्यात रहेको छ । यसमा अनलाइन गेमिङ प्रयोगकर्ताले स्ट्रिमिङ गरेर मासिक लाखौं कमाउने गरेका छन् । स्ट्रिमिङ गर्न सजिलो भएका कारण पनि यसमा अनलाइन गेमिङ प्रयोगकर्ताले रूचाएका छन् । ट्वीचमा बढीजसो अनलाइन गेमको भिडियोहरू रहेका छन् । कमाइका लागि यो प्लेटफर्म युट्युब जतिकै उत्कृष्ट रहेको छ ।   

 


Author

थप समाचार
x