सूचना-प्रवधि

आइफोनमा मास्क लगाएर पनि अनलक गर्ने सुविधा

इकागज |
चैत १, २०७८ मंगलबार १४:३० बजे

काठमाडौँ - एप्पलले करिब दुई महिनाको प्रतिक्षा पश्चात आइओएस १५.४ को अपडेट जारी गरेको छ। आइओएस १५.४ को बिटा संस्करणमा पछिल्लो दुई महिनादेखि परीक्षण भइरहेको थियो। आइओएस १५.४ मा अद्यावधिक गरेपछि प्रयोगकर्ताले मास्क लगाएको भए पनि आफ्नो आइफोन अनलक गर्न सक्नेछन् ।

कोभिड-१९ महामारी सुरु भएदेखि नै आइफोन प्रयोगकर्ताहरूलाई मास्कका कारण आइफोन अनलक गर्न निकै समस्या भइरहेको भन्दै यो फिचर ल्याएको एप्पलले जनाएको छ । एप्पलले आफ्नो सपोर्ट पेजमा अपडेटको बारेमा जानकारी राखेको छ।  जसमा फेस मास्कको साथ फेस आइडी कसरी प्रयोग गर्ने बारे जानकारी दिइएको छ ।


नयाँ फिचरले यी दुई सिरिजका आइफोनहरूमा मात्र काम गर्नेछ

एप्पलले आइओएस १५.४ मा फेस मास्कको साथ फेस आइडी अनलक गर्ने सुविधा दिएको छ तर यो सुविधा हाल आइफोन १२ र आइफोन १३ सिरिज अर्थात आइफोन १२, १२ मिनी, १२ प्रो, १२ प्रो म्याक्सका लागि मात्र उपलब्ध छ। आइफोन १३, १३ मिनी, १३ प्रो र १३ प्रो म्याक्समा मात्र काम गर्नेछ। अपडेट पछि प्रयोगकर्ताहरूले मास्कको साथ फेस आइडी प्रयोग गर्ने विकल्प देखा पर्नेछ।

मास्कको साथ आइफोन कसरी अनलक गर्ने 

आइओएस १५.४ मा अपडेट गरेपछि  प्रयोगकर्ताले फोनको वेलकम स्क्रिनमा आफ्नो फेस स्क्यान प्रक्रिया प्रयोग गरी फेस आइडी सेटअप गर्ने विकल्प देखापर्नेछ । त्यसपछि प्रयोगकर्ताले बाँकी सेटिङ गर्नुपर्ने हुन्छ। यसबाहेक फोनको सेटिङमा रहेको फेस आइडी र पासकोड सेटिङमा गएर मास्कसहित फेस आइडी अन गर्ने विकल्पमा क्लिक गरेर सेटिङ सेट गर्न सकिन्छ।

आइओएस १५.४ अपडेट साथ अन्य फिचरहरू

आइओएस १५.४ भएको फेस मास्क बाहेक, प्रयोगकर्ताहरूले अन्य धेरै सुविधाहरु पनि पाएका छन्। एयर ट्याग सुरक्षा अपडेट नयाँ अपडेटको साथ उपलब्ध रहेको छ। त्यस्तै अफलाइन मोडमा पनि सिरी प्रयोग गर्न सकिने सुविधा दिइएको छ। यस बाहेक आइफोन प्रयोगकर्ताहरूले ट्याप टु पेको सुविधा पनि पाएका छन्। क्रेडिट कार्ड सपोर्टको लागि एप्पल पे  अप्सन समेत  उपलब्ध छ। नोट्स एपमा रहेको फाइलको टेक्स्ट डाइरेक्ट स्क्यान गर्ने सुविधा पनि नयाँ अपडेटमा समावेस गरिएको छ।

 


Author

थप समाचार
x