सूचना-प्रवधि

रूखमा अनलाइन कक्षादेखि मंगल ग्रहमा हेलिकप्टरसम्म

कमल धिताल |
बैशाख ३, २०७९ १८:६ बजे

काठमाडाैँ- प्रविधि गतिशील क्षेत्र हो । संसारभर प्रत्येक दिन यसमा नयाँ विकास तथा अपडेट आइरहेका हुन्छन् । हाम्रो वर्ष २०७८मा पनि प्रविधिका क्षेत्रमा निकै परिवर्तन भयो । कोभिड-१९ ले लकडाउन हुँदा यस वर्षपनि भर्चुअल माध्यमबाट पठन-पाठनका लागि अनलाइन कक्षा तथा बैठकहरू सञ्चालन भए। केही वर्षअघिसम्म टेलिफोन गर्न घण्टौँ हिडेर सदरमुकाम आइपुग्नु पर्ने समस्यालाई हाल घर नजिककै डाँडोले विस्थापित गरेको छ। वर्ष २०७८ मा कोभिडले घरबाहिर निस्कन नसकेको अवस्थामा सुरु भएको अनलाइन क्लासका लागि रूखमै बास गर्नु पर्ने बाध्यता पनि यस वर्षले सम्झाइदियो ।

यता सहरी क्षेत्रमा आफ्नै आँखाले हेरेर अनि हातले छामेर मात्र किनमेल गर्ने परिपाटीलाई कोभिडको असरले र नयाँ खुलेका इकमर्स साइटले विस्थापित गर्नमा केही मद्दत गर्‍यो । डिजिटल बैंकिङ , वालेटले पैसा पर्समै राख्‍नुपर्छ भन्ने मान्यतालाई पनि यसले विस्थापित गर्ने निकै सहयोग गर्दा डिजिटल बैंकिङ कारोबारमा उछाल देखियो ।


रूखमा बसेर अनलाइन क्लास

वर्ष २०७८ मा अनलाइन कक्षाका लागि रूखमा बसेर पढिरहेका खोटाङका धनकुमार मगरको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनको यो सङ्घर्षले ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा नहुँदा थुप्रे बालबालिका शिक्षाबाट बन्चित भएको देख्न देख्न सकिन्थ्यो। पछि उनलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए ।

नेपालमै बन्यो 'यात्री'  

वर्षको सुरुवातमा नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भयो । ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा उतार्दा यसको निकै चर्चा भएको थियो।

नेपालमै बनेको हुँदा बाइक सस्तो हुन्छ भन्ने मानसिकतामा बसेका पारखीहरू त्यति बेला जिब्रो काटे जसको मूल्य प्रिमियम बाइक पी जेरोको १९ लाख ४९ हजार तथा पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ भन्ने सुने ।

सरकारको नागरिक एप सुरुवात

सकारले डिजिटल रूपमा सम्भव भएसम्मका सबै सेवाहरू डिजिटल रूपमा दिने भनेर सुरु गरको नागरिक एपको फुल भर्सन पनि वर्ष २०७८ मै सार्वजनिक भएको थियो। हाल यसमा ब्लुबुक नविकरण, प्यान कार्ड लिन, प्रहरी चारित्रिक प्रमाणपत्र, स्वास्थ्य बीमा बोर्ड, पालिका सम्बन्धी जानकारी लगायतका सेवा प्रयोग गर्न सकिन्छ।

डिजिटल कारोबारमा छलाङ

कोभिड-१९ले नेपालको डिजिटल क्षेत्रमा निकै ठूलो परिवर्तन गराउन सफल भयो । मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेट तथा इन्टरनेट बैंकिङको कारोबारमा वर्ष २०७८ले छलाङ मार्यो। मोबाइल बैंकिङ गर्न डराउने नेपाली समाजलाई कोभिडले डिजिटल कारोबार अनिवार्य जस्तै बनेपछि डिजिटल कारोबार उलेख्य भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले केही वर्षदेखि डिजिटल कारोबारलाई प्राथमिकता दिने नीति लिएको छ। त्यसबाट पनि डिजिटल भुक्तानी बढ्न ठूलो सहयोग पुगेको देखिन्छ। मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, इसेवा लगायतका डिजिटल भुक्तानीको कारोबार समेत अर्बौमा पुग्नाले कोभिडलाई डिजिटल क्षेत्रले भने धन्यवाद नै दिनुपर्ने देखिन्छ ।

डलर कार्डको सुरुवात

इन्टरनेटमा कुनै सानो कुरा किन्न होस् या नेटफ्लिक्स, अमेजन प्राइम भिडियो लगायतका अकाउन्ट बनाउनै किन नहोस् विदेशी साथी तथा आफन्तलाई गुहार्नुपर्ने बाध्यतालाई वर्ष २०७८ ले अन्त्य गर्‍यो। नेपाल राष्ट्र बैंकले नेपालबाटै बार्षिक ५ सय डलरसम्म खर्च गर्नु पाउने नियम बनाएसँगै अन्तर्रष्ट्रिय पेमेन्टमा खुला भएको थियो । यसअघि नेपालबाट सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नुपर्दा विदेशी कार्डहरु प्रयोग गर्ने गरिएको छ । विदेशका बैंकहरुमा खाता खोल्ने र भुक्तानी गर्ने हुँदै आएको थियो ।

क्रिप्टोकरेन्सी चर्चा

संसारभर क्रिप्टोकरेन्सी चर्चा हुँदा त्यसले नेपालबाट नेपाल अछुतो रहने त कुरै रहेन। क्रिप्टोकरेन्सीले विश्व मुद्द्रालाई चुनौती थप्दा केही राष्ट्रहरूले आफ्नै डिजिटल करेन्सी तथा यसलाइ नियमन गर्ने कानुन बनाउने तर्फ लागेका छन् । छिमेकी राष्ट्र भारतले पनि डिजिटल मुद्द्राका लागि तयारी तथा क्रिप्टो नियमनको कानुनी प्रक्रिया सुरु गर्‍यो।

यता नेपालमा भने बिटक्वाइनमा नेपालबाटमात्र होइन विश्वभरमै कुनै पनि नेपालीले लगानी गर्न नपाउने भनेर नेपाल राष्ट्र बैंकले सूचना जारी गर्‍यो । बिटक्वाइन कारोबार गरेको आरोपमा केही व्यक्ति वर्ष २०७८ मा पक्राउ परे। त्यस्तै एक अन्तर्राष्ट्रिय संस्थाले ४ लाख २४ हजार नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरेको रिर्पोर्ट पनि सार्वजनिक गरेको थियो।

इन्टरनेट ‘स्पिड वार’

नेपाली इन्टरनेटको क्षेत्रमा वर्ष २०७८ पनि सुखद नै रह्‍यो। इन्टरनेट सेवा प्रदायकहरूबीच सुरु भएको इन्टरनेट प्राइस वारले उपभोक्तालाई निकै फाइदा गर्‍यो। चौधरी समूह अन्तर्गतको सीजी कम्युनिकेसन्सले एकैपटक १ सय २० एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गराउने निर्णय गरेसँगै अन्य इन्टरनेट सेवाप्रदायकको स्पिड वार सुरु भएको थियो।

सीजी नेटको प्रवेश नेपालको इन्टरनेट बजारमा स्पिडका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भएको थयो । सीजी नेटले भ्याटबाहेक ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस इन्टरनेट ल्याएपछि अन्य इन्टरनेट सेवा प्रदायकले पनि स्पिड तथा मूल्य दुवैमा लडाईं सुरु भएको थियो ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक स्पिड वारमा प्रवेश गरेसँगै बजारमा अन्य कम्पनी पनि विस्तारै स्पिड बढाउँदै पैसा घटाउनतर्फ लाग्नले २०७८ मा इन्टरनेटमा नेपाली कम्पनीबीचको वारले पनि प्रविधि क्षेत्र चलायमान देखियो ।

विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लफडा

वर्ष २०७८ मा नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच निकै ठूलो लफडाले प्रविधि क्षेत्र निकै चर्चामा रह्यो। पोल भाडा नतिरेको भन्दै प्राधिकरणले कतिपय स्थानमा इन्टरनेटको तार काटिदिएपछि विवाद चर्किएको थियो।

एमडीएमएस लागू

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको गर्‍यो। अन्य राष्ट्रबाट अवैध रूपमा मोबाइल आयत भएको र यसको नियन्त्रण गर्न भन्दै नेपालमा पनि एमडीएमएस लागू गरेको थियो। एमडीएमएस लागू गरेतापनि हालसम्म यसको प्रभावबारी कार्यन्वयन हुन सकेको छैन्।

ई-पासपोर्ट तथा राष्ट्रिय परिचयपत्रको सुरुवात

वर्ष २०७८ मा नेपालमा ई-पासपोर्ट तथा राष्ट्रिय परिचयपत्रको सुरुवात भएको भयो। नागरिकतालाई विसथापीतको लागि राष्ट्रिय परिचयपत्र तथा मेसिन रिडेलवल पासपोर्ट अर्थात एमआरपीलाई विस्थापित गरेर ई-पासपोर्टको सुरुवात भएको थियो । ई-पासपोर्टमा अनुहार, औँठाछाप, आँखाको स्वरुपजस्ता मानिसका शारीरिक गुणहरू अर्थात् बायोमेट्रिक जानकारी रहेको हुन्छ।

फेसबुक रिब्रान्डिङ

विश्वचर्चित सोसल मिडिया फेसबुकले आफ्नो कम्पनीको नाम रिब्रान्डिङ गरेर मेटा राख्यो। फेसबुकले आफ्नो कम्पनीलाई मेटामा परिवर्तन गरेर मेटाभर्सको दौडमा अगाडी बढेको छ । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुकले नाम नै परिवर्तन गरेको थियो।

नमस्ते पे सुरु

नेपाल टेलिकमले मोबाइलमा अफलाइनबाटै रकम कारोबार गर्ने मिल्ने भनेर नमस्ते पे नामक डिजिटल वालेट सार्वजनिक गर्‍यो। पुर्ण तयारीबिना नै सार्वजनिक गरेको 'नमस्ते पे' हालसम्म पनि पुर्ण भर्सन सार्वजनिक गर्न सकेको छैन्।

राष्ट्रिय प्रसारण नियमावली संसोधन

सरकारले इन्टरनेटका माध्यमबाट प्रसारण हुने टिभी तथा भिडियो प्लेटफर्मलाई नियमनको लागि नियमावली संसोधन गर्दा वर्ष २०७८ निकै चर्चा पायो । चर्चा यसकारण पनि थियो कि युट्युव लगायतका सञ्जालले पनि समाचार सामग्री प्रसारण गर्दा दर्ता गर्नुपर्ने र यसका लागि ५ लाख धरौटी बुझाउनु पर्ने। तर संसोधन नियमावलीले भने युट्युवलाई नसमेट्ने पछि इकागजले ब्रेक गरेको थियो।

फाइभ जी

विश्व सिक्सजीमा प्रवेशको सुरुवात गर्दै गर्दा नेपालमा भने फाइभजी २०७८ मा सुरु हुन सकेन। नेपाल टेलिकम पुस भित्र परिक्षण थाल्ने भनेर बजारमा हल्ला गरेतापनि २०७८ मा त्यो हल्लामा मात्रै सिमित हुन पुग्यो।

भारतीय रुपे कार्ड

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाँदा समकक्षी नरेन्द्र मोदीसँग नेपालमा पनि भारतीय कार्ड रूपे मार्फत भुक्तानी सम्झौता गरे । यस कार्डको प्रयोगले नेपाल आउने भारतीय पर्यटकको लागि सहज हुने लगायत यसले दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । नेपाल एसबीआई बैंकको सबै सेल मेसिनहरूमा कारोबारको लागि रुपे प्रयोग गर्न सकिनेछ।

मेटाभर्सको चर्चा

वर्ष २०७८ मा विश्वभर मेटाभर्सको चर्चामा रह्यो। चर्चा यसकारण पनि रह्यो कि फेसबुकले आफ्नो नाम नै मेटा राख्यो। फेसबुकले आफ्नो मातृ कम्पनीको नाम मेटामा परिवर्तन गरेपछि यस शब्दप्रति जनचासो संसारभर फैलिएको थियो। यद्दपि मेटाभर्स भने सन् १९९२ मा एक उपन्यासबाट प्रतिपादित भएको शब्द हो जुन हाल भनिए जस्तो मेटाभर्ससँग निकै मिल्ने गरि सोही उपन्यासमा उल्लेख गरिएको थियो।

मंगल ग्रहमा हेलिकप्टर

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल वर्ष २०७८ मै उडायो । पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान हो। मंगल सतहको प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै हेलिकप्टरलाई पठाएर त्यहाँको भौगोलिक अध्ययन गर्नको लागि पठाएको थियो।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
ad
x