डिफेन्स

डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा

इकागज |
पुस १५, २०८० आइतबार ६:४९ बजे

फाइल फोटो

काठमाडौं - नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् ।

बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।


घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेबनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई उपरथीमा बढुवा गरेको हो ।

बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम छ ।


Author

थप समाचार
x