डिफेन्स

सेनाको पहिलो कमाण्ड समन्वयात्मक बैठक सम्पन्न

इकागज |
असोज ८, २०७८ शुक्रबार १९:५३ बजे

काठमाडौँ - नेपाली सेना पृतना संरचनाबाट तीन जोड एक कमाण्ड संरचनामा गएपछिको पहिलो कमाण्ड समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाट गरी दुई दिनसम्म चलेको बैठक शुक्रबार सम्पन्न भएको हो । 

समापन समारोहमा मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने बताएका छन् ।


यस प्रकारको उच्चस्तरीय बैठकमा प्रस्तुत र उठान भएका विषयहरूमाथि भएको छलफल र अन्तरक्रियाबाट प्राप्त सुझावले नेपाली सेनाका लागि आवश्यक नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाको विश्वास छ ।


Author

थप समाचार
x