डिफेन्स

लेवनानमा नेपाली सेनाले गरे जनहितको कार्य

शान्ति सेनाले बाटो मात्र रंगाएनन् बालबालिकाको दाँतसमेत चम्काए

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १७:५३ बजे

काठमाडौँ- विश्व शान्तिमा खटिएका नेपाली सेनाले ७६ औं राष्ट्र संघ दिवश लेवननमा भब्य रुपमा मनाएका छन् । युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्तरगत लेवननमा तैनाथ नेपाली शान्ति सैनिकले नागरिक हितका कार्य गरेर त्यस्तो कार्यक्रम मनाएका हुन् ।  

युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा फरक फरक खालका जनहित कार्यहरू गरेर त्यस्तो दिवश मनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


मिशनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरूमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षाका साथै दाँतको सफाइ गर्ने प्रयोगात्मक विधिको प्रदर्शनी गरेको थियो । स्थानीय विद्यालयमा अध्ययनरत करीब २ सयजना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किटसमेत वितरण गरेको पनि नेपाली सेनाले जनाएको छ ।  

‘हरियाली लेवनान’ अभियान अन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवाहरू वृक्षारोपण गरी मिशनको निलोदेखि हरियो अभियानलाई मूर्तरुप दिने काम गरेका छन् । उनीहरूले साक्रा र माज्दल स्लिम नगरपालिकाहरूमा वृहत वृक्षारोपण गरी साक्रा नगरपालिका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब चार सय मिटर लामो सडकखण्डमा रङ्गरोगन गरी छुट्टाछुट्टै करिडोर समेत स्थापना गरेको नेपाली सेनाले जनाएको छ । 

नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त मुलुकहरूको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलवा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरूले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरूबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने सेनाले जनाएको छ । यस्तो कार्यमा सबै क्षेत्रमा नेपाली सेना अग्रसर रहँदै आएको पनि सेनाले जनाएको छ  ।


Author

थप समाचार
x