सेयर

नेप्सेमा ५६ अंकको सुधार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक

इकागज |
साउन ३०, २०७९ सोमबार १५:१८ बजे

फाइल फोटो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारमा सुधार देखिएको छ। सोमबार नेप्से ५५.८८ अंकले उकालो लागेको हो ।

अघिल्लो हप्ताको आइतवार १० अंकले बढेर क्रमश ओरालो लागेको बजार आज ५६ अंकको सुधार देखिएको हो । आज नेप्से ५५.८८ अंक अर्थात २.७८ प्रतिशतले उकालो लागेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले सुधार भएर ३९८.१३ मा उक्लिएको छ।


बजारसँगै आज कारोबार रकममा पनि बढोत्तरी देखिएको छ।  आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। साताको पहिलो दिन कारोबार रकम  १ अर्ब ८७ करोडमा सिमित थियो। ४२ हजार ८ सय ९७ पटकको कारोबारमा ६० लाख २६ हजार १ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

 उल्लेख रुपमा सुधार देखिएको बजारमा आज उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य उकालो लागेको छ। सोमबार सबैभन्दा बढी फाइनान्स क्षेत्र ७.३८ प्रतिशतले बढेको थियो।

बजार बढ्दा आज कारोबार भएका १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ। श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राँधी विद्युत कम्पनी तथा रिभर फल्स कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको लागेको छ।


Author

थप समाचार
x