सेयर

नेप्से पुन: ओरालोतर्फ, २५ अंक घट्यो परिसूचक

इकागज |
साउन ३१, २०७९ मंगलबार १५:१८ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिनमा पुन: ओरालो लागेको छ। मंगलबारको कारोबारमा सेयर बजार परिसूचक २४.८३ घटेको हो ।

केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अंक बढेको थियो। मंगलबार बजार परिसूचक २४.८३ अंक अर्थात १.२० प्रतिशत घटेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.७५ अंक घटेर ३९४.३९ मा ओर्लिएको छ। २५ अंकले बजार घटेपछि समग्र बजार परिसूचक २०४१.०६ अंकमा झरेको छ।


बजार घटेपनि मंगलबार बजारलाई कारोबारले भने साथ दिएको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको सेयर बजारमा मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर ४३ हजार ३ सय ९२ पटकमा खरिद बिक्री भएको थियो।

बजार २५ अंकले घट्दा मंगलबार उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य घटेको छ। बजार घट्दा कारोबार भएका मध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ।


Author

थप समाचार
x