सेयर

बजार घट्दा पनि दुई कम्पनीको सेयरमा सर्किट ब्रेकर

इकागज |
बैशाख ९, २०७८ बिहीबार १२:५ बजे

काठमाडौँ : सेयर बजारको नियमित परिघटना ‘सेल इन मे एण्ड गो अवे’ को शैलीमा बजार घट्न थालेको छ । साताको अन्तिम कारोबार दिन शुरुवाती कारोबारमा बजार ओरालो लागिरहेको छ । बजार घट्दा पनि दुईओटा कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । बुधबार कारोबार खुला भएको विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको सेयर मूल्य २८८ रुपैयाँ प्रतिकित्ताले बढेर ३,१६८ रुपैयाँ र सिन्धु विकास बैंकको सेयर २६ रुपैयाँ प्रतिकित्ताले बढेर २८६ रुपैयाँ पुगेको हो । 

विशाल बजार कम्पनीकोको सेयर कारोबार नेप्सेले माघ १९ देखि रोक्का राखेकोमा झण्डै तीन महिनापछि खुला गरेको हो । पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) ले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आर्थिक वर्ष २०७३-७४ यताको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण माग गरेकोमा विशाल बजारले सबै वर्षको वित्तीय विवरण र आर्थिक वर्ष २०७७-७८ को पुस मसान्तसम्मको वित्तीय विवरण बुझाएपछि कारोबार फुकुवा गरिएको थियो ।
 



Author

थप समाचार
x