सेयर

सेयर बजार दाेहाेराे अंकले घट्याे

इकागज |
साउन ९, २०८० मंगलबार १६:१८ बजे

फाइल फोटो

काठमाडौं - मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाइलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।

 एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा घटेको हो । यस दिन बैंकिङ र विकास बैंक समूहहरू बढी घटेका छन् ।  


यस दिन २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।


Author

थप समाचार
x