सेयर

सेयर बजार बढ्यो

इकागज |
पुस १८, २०८० बुधबार १५:२७ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ ।


यसदिन २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 
 


Author

थप समाचार
x