सेयर

एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख बढी कित्ता शेयरका लागि आवेदन

इकागज |
माघ १३, २०८० शनिबार २१:२८ बजे

काठमाडौँ- एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो ।


बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला भइरहेको छ ।

उक्त निष्कासनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत शेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरू रद्द भएका छन् ।

यस निष्कासन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यही माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।


Author

थप समाचार
x