सेयर

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

इकागज |
चैत ५, २०८० सोमबार १३:१८ बजे

फाइल फोटो/इकागज

काठमाडौं - सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका आफ्नै संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको लागि निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 


यसमा आज (चैत ५ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।


Author

थप समाचार
x