सेयर

व्यापार समूहले उचाल्यो सेयर बजार, निफ्राको सबैभन्दा ठूलो कारोबार

इकागज |
चैत १०, २०७७ मंगलबार १५:४५ बजे

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ०.५८ प्रतिशत वा १४.५७ अंकले बढेर २,५२८.९५ अंकमा पुगेको छ । सेयर बजारमा प्रभुत्व भएका बैंकिङ्ग तथा बीमा (जीवन) समूहको परिसूचक घटेको भए पनि ट्रेडिङ समूहको परिसूचक ९.३४ प्रतिशतले बढेको छ । हाइड्रोपावर र होटल्स एण्ड टुरिजम समूहको परिसूचक पनि क्रमशः ५.८४ र ४.९७ प्रतिशतले बढेको छ । 

व्यापार समूहमा साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । साल्ट ट्रेडिङको सेयर मूल्य प्रतिकित्ता एक हजार ५० रुपैयाँले बढेर ११ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १,७१९ रुपैयाँ पुगेको छ ।


मंगलबार जलविद्युत् समूहका कम्पनीहरूको सेयर मूल्य पनि उल्लेख्य बढेको छ । रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी, साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड, माथिल्लो तामाकोशी र रैराङ जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरै बढेको छ । 

मंगलबार नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सबैभन्दा ठूलो कारोबार भएको छ । निफ्राको ५२ करोड ६० लाख रुपैयाँको ९ लाख ७३ हजार नौ सय ८१ कित्ता र माथिल्लो तामाकोसीको ३२ करोड ८१ लाख रुपैयाँको ४ लाख १९ हजार पाँच सय २२ कित्ता सेयर कारोबार भएको छ । 

मंगलबार २०८ कम्पनीका ६१ हजार चार सय २२ करोबारमार्फत् १ करोड दुई लाख ७६ हजार सात सय १० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाँमा कारोबार भएको छ । 

पछिल्लो तीन साताको सेयर बजारको प्रवृत्ति:

 मिति

 नेप्से इण्डेक्स

 कारोबार रकम

फागुन २३ , आइतबार 

 २४८५.०९

 ५ अर्ब रुपैयाँ

फागुन २५, मंगलबार

 २४६१.८८

  ४ अर्ब ७५ करोड रुपैयाँ

फागुन २६, बुधबार

 २,४५८.४८

 ४ अर्ब १० करोड रुपैयाँ

चैत १, आइतबार

 २४०७.२५

 ४ अर्ब ९५ करोड रुपैयाँ

चैत २, सोमबार

 २३८९.१९

 ४ अर्ब २४ करोड रुपैयाँ

चैत ३, मंगलबार

 २३९१.७४

 ३ अर्ब ३७ करोड रुपैयाँ

 चैत ४, बुधबार

 २४३२.१४

 ३ अर्ब ३७ करोड रुपैयाँ

 चैत ५, बिहीबार

 २४७५.०९ 

 ४ अर्ब ६६ करोड रुपैयाँ 

 चैत ८, आइतबार

 २,५३८.४६

 ५ अर्ब ९२ करोड रुपैयाँ

 चैत ९, सोमबार

  २५१४.३९ 

  ५ अर्ब ३५ करोड रुपैयाँ 

चैत १०, मंगलबार

 २५२८.९५

 ५ अर्ब १४ करोड रुपैयाँ


Author

थप समाचार
x