सेयर

लैङ्गीक समानताका प्रवर्धनमा नेप्सेसँग आइएफसीको सहकार्य

इकागज |
चैत १२, २०७७ बिहीबार १५:३८ बजे

काठमाडौँः लैंगिक समानता प्रवर्धन तथा अर्थतन्त्रको दिगो विकासका लागि महिलाको सहभागिता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग साझेदारी गरेको छ । नेप्सेसँगको साझेदारीमा महिलाहरूलाई आर्थिक अवसरमा समावेश गर्न उनीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने र लैंगिक समानताका लागि अर्थपूर्ण काम गर्ने बताइएको छ । 

यो कार्यक्रम कोभिड–१९ ले विषम ढङ्गले प्रभाव पारेको छ । विश्वभर श्रम शक्तिका रूपमा महिलाहरूको उपस्थिति ३९ प्रतिशत भएपनि महामारीका कारण ५४ प्रतिशतले रोजगारी गुमाएका छन् । 


‘लैंगिक समानताका लागि स्टक मार्केटबाट घण्टी बजेको छ, आइएफसीसँग सहकार्य गर्न पाउँदा हर्षित छौं,’ नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले भने, ‘यो सहकार्य विश्वभरका १०० स्टक एक्स्चेन्जहरूसँग एकसाथ शुरु भएको छ । श्रमशक्ति, अर्थतन्त्र, पुँजीबजार सबैठाउँमा महिलाको सहभागित वृद्धि सही मात्र होइन, यो सशक्त आर्थिक चेत पनि हो ।’

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले महिलाहरूमा वित्तीय साक्षरता बढाउन अत्यावश्यक रहेको उल्लेख गरे । लैंगिक समानताले उदयमान अर्थतन्त्रहरूमा आर्थिक, वातावरणीय, सामाजिक र सुशासनका लाभ हासिल गर्न सकिने बताइएको छ । विश्वभर व्यवसायिक नेतृत्वमा १७ प्रतिशत मात्र महिला छन् । 

‘विश्वभरका अर्थतन्त्रहरू विश्वव्यापी महामारीबाट पुनरूत्थानका लागि संघर्षरत छन्, महिलाको सहभागिताले पुनरुत्थानको गति तीव्र हुनेछ भने आर्थिक पुनरुत्थान समावेशी समेत हुनेछ,’ युएन ग्लोबल कम्प्याक्टका अध्यक्ष प्रदीपमान वैद्यले भने । 

नेपालमा व्यवसायिक कम्पनीहरूको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व अत्यन्त न्यून छ । आइएफसीले हालै गरेको अध्ययनमा २० कम्पनीका १३२ सञ्चालकमध्ये १२ जना (अर्थात् ९ प्रतिशत) मात्र महिला छन् । नेपालमा २०६६ सालमा जारी कम्पनी कानुन अनुसार सञ्चालक समितिमा एकजना महिलाको प्रतिनिधित्व हुनुपर्नेछ । तर १० जना सार्वजनिक कम्पनीमध्ये तीनओटामा मात्र महिला सञ्चलकको प्रतिनिधित्व छ ।

आइएफसीका आवासीय प्रतिनिधि बाबाकार एस फाएले उर्जा क्षेत्रका १८ कम्पनीको सञ्चालक समितिमा महिलाहरूको प्रतिनिधित्वले उत्साहीत बनाएको बताए । दक्षिण एसियमा महिला सञ्चालक रहेका कम्पनीहरूले तुलनात्मक रूपमा राम्रो प्रतिफल हासिल गरेको उनको भनाइ थियो । 

सन् २०२१ को ‘रिङ द बेल फर जेण्डर इक्वालिटी’ आइएफसी, द वल्र्ड फेडरेसन अफ एक्चेन्जेज, सस्टेनेबल स्टक एक्स्चेन्जेज इनिसियटीभ, युएन ग्लोबल कम्प्याक्ट र वुमन इन एक्स्चेन्ज ट्रेडेड फन्डको विश्वव्यापी साझेदारीको सातौं वर्ष हो । 


Author

थप समाचार
x