समाज

दसैँमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट ढुवानी गरेर तिंकर र छाङरु पठाउँदै खाद्य कम्पनी

इकागज |
असोज ९, २०७९ ८:० बजे

फाइल तस्बिर

काठमाडौँ- दसैँका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ ।

तिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।


कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको तिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ । 

स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले  १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैँअघि नै खाद्यान्न ढुवानी गरिनेछ ।


Author

थप समाचार
ad
x