समाज

अर्घाखाँचीमा २७ बाँदर मृत भेटिए

इकागज |
असोज १६, २०७९ आइतबार ११:४९ बजे

फाइल तस्बिर

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क-९ अर्घामा रहेको पोखरीमा २७ बाँदर मृत भेटिएका छन् । सन्धिखर्कको  सिँचाइ पोखरीमा डुबेर मरेको स्थानीय बलराम रायमाझीले जानकारी दिए ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बाँदर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।


पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको उनको भनाइ छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।


Author

थप समाचार
x