समाज

बालुवाटार जग्गा प्रकरण

थुनामा रहेका दीप बस्न्यातले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १४:४६ बजे

काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चम अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनले थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् ।   

 भौतिक पूर्वाधार सचिव हुँदा बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएका थिए । त्यसमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार  भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।  


यस्तो छ रिट 


Author

थप समाचार
x