समाज

२६ तस्बिरमा काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्द

इकागज |
फागुन २, २०७९ मंगलबार १०:३२ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा यातायात मजदुरले आज सार्वजनिक यातायात ठप्प पारेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्द गरेका हुन् । उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन् ।

सार्वजनिक यातायात बन्दले बिहान विद्यार्थीहरू मर्कामा परेका छन् । सार्वजनिक यातायात चढेर काममा जानेहरू पनि पैदल हिँडेर जान बाध्य छन् । पठाओ, इनड्राइभरका राइडरहरू पनि अफलाइनमा चलाएर बढी मूल्य असुली रहेका छन् ।


ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । 

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । 

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले हिजो सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।

अहिले सरकार र यातायात मजदुरहरुबीच वार्ता भइरहेको छ ।

 

तस्बिरहरू : जीवन कुँवर, सञ्जीव शाह र अनुज बज्राचार्य


Author

थप समाचार
x