समाज

तराईं–मधेशमा आज होली मनाइँदै

इकागज |
फागुन २३, २०७९ मंगलबार ६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपालको मधेश तथा तराई क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरूपमा मनाउने गरिन्छ ।

हिमाली र पहाडी जिल्लामा सोमबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने प्रचलन नेपालमा छ ।


स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा फागु र तराईं मधेशमा होलीको रूपमा चिनिन्छ ।
 


Author

थप समाचार
x