समाज

भूमि अभियन्तामाथि लगाइएको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीको प्रदर्शन

इकागज |
चैत १३, २०७९ सोमबार १६:१३ बजे

काठमाडौँ - भूमि अभियन्तामाथि लगाइएको झुठो मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतीघरमा भूमि अभियन्ता पक्राउको विरुद्ध र निसर्त रिहाइका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन् । 


उनीहरूले नदी किनार लगायतका स्थानमा रहेका सुकुम्बासीहरूलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगर विरुद्ध चर्का नाराबाजी गरेका थिए । आफूहरूलाई भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।


Author

थप समाचार
x