समाज

काठमाडौँ विश्‍वविद्यालयमा तीन दिनसम्म 'टेक्नो फेयर' हुने

इकागज |
साउन १८, २०८० बिहीबार १६:५३ बजे

काठमाडौँ- काठमाडौँ विश्व विद्यालयमा तीन दिनसम्म ‘टेक्नो फेयर इभेन्ट’ हुने भएको छ । साउन २३ देखि २५ गते सम्म (अगस्ट ८ देखि १० सम्म ) टेक्नो फेयर इभेन्ट सञ्चालनमा आउने भएको हो ।

एकीकृत ग्रामीण विकास कार्यक्रम र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको आयोजनामा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा इभेन्ट हुने भएको हो ।


बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयमा प्रोफेसर राजेन्द्र ज्ञवाललीले तीन दिने प्रदर्शनीमा स्वास्थ्य, कृषि, उर्जा र उद्यमशीलता जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखिने बताए ।

उनका अनुसार विश्वविद्यालयमा दश लाख अमेरिकी डलर फन्डको उक्त प्रोजेक्ट सञ्चालनमा आएको छ । कोयका अर्थात कोरिया इन्टरनेशनल कर्पोरेशन एजेन्सी र जीयोनबुक नेशनल विश्वविद्याल कोरियाको आयोजनामा इभेन्ट हुने भएको हो ।

इभेन्टमा प्रदर्शनीमा स्टार्टअप डेमो सेसन हुनेछ । स्मार्ट हेल्थको प्लाटफर्मलाई प्रदर्शनीमा राखिनेछ । अनुसन्धान र व्यापार विकासमा भएको प्रगति प्रस्तुत हुनेछ ।

प्रविधि व्यवस्थापन सम्बन्धी सेमिनार हुनेछ । प्रविधिको परीक्षण र आइडिया कन्टेष्टसमेत संकलन हुनेछ ।  

प्रदर्शनीमा विकसित उपकरण र उर्जाका प्रयोगशाला प्रदर्शनीमा राखिने ज्ञवालीको भनाइ छ । ६-७ वर्षदेखि काठमाडौँ विश्व विद्यालयमा निर्मित उपकरण र ज्ञानले के कस्तो प्रगति त्यस बारेमा जानकारी दिने उनले बताए ।

'देशभरीका मानिसले टेक्नो फेयरको प्रस्तुति सामाजिक सञ्जालबाट हेर्न सक्छन्,' उनले भने, 'सबै मानिसहरू प्रदर्शनीमा पुग्न नसक्ने भएकाले उनीहरूका लागि फेसबुक लाइभबाट हेर्न सक्छन् ।'

ज्ञवालीले टेक्नो फेयरले विभिन्न किसिमका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । टेक्नो फेयरले ज्ञान सेयर, नेटवर्किङ र नयाँ-नयाँ कुराको खोजी गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे ।

'शिक्षा र स्वास्थ्यमा यस्ता प्रविधिले कस्तो योगदान पुर्‍यायो त्यसबारेमा सबैले जानकारी लिन पाउनेछन्,’ उनले थपे , 'काठमाडौँ विश्व विद्यालयका विद्यार्थी र प्रोफेसर राष्ट्रलाई कति योगदान पुर्‍यायो त्यसको लेखाजोखा राख्न सक्छन् ।'

टेक्नो फेयरमा कोरिया विश्वविद्यालयको प्रतिनिधित्व विभिन्न प्रस्तुति हुने भएको छ । टेक्नो फेयरमा एक हजार बढीले अवलोकन गर्न सक्ने उनले ज्ञवालीले बताए ।

उत्पादन भएका उपकरणलाई बजारीकरण गर्न पनि टेक्नोफेयरले सहयोग गर्ने बताए । वस्तुलाई बजारीकरण गर्ने र कसरी सेवा प्रवाह गर्न सकिन्छ त्यसको उपयोग गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।

 


Author

थप समाचार
x