समाज

दोलखाका तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर

इकागज |
साउन ३०, २०८० मंगलबार २०:५० बजे

काठमाडौँ- विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँच वटा कसुरमा दोषी ठहर गरेको हो ।


अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख बिगो र सोहीअनुरूप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
      
अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो । रासस


Author

थप समाचार
x