समाज

विद्यार्थीकाे प्रश्न : सरकार शिक्षा किन्न मृगाैला बेचाैँ कि जिन्दगी ? (फोटोफिचर)

अनुज बज्राचार्य |
साउन ३१, २०८० बुधबार १८:३७ बजे

काठमाडौं– शिक्षासम्बन्धी समस्यालाई समाधान गर्ने गरि शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 
शिक्षामा नीजिकरण र व्यापारीकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले शिक्षित जनशक्ति वेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन् ।
विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलिय भागवण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिले सम्म ?, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x