समाज

पोखरा वडा १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्‍चालन गर्ने

इकागज |
असोज १८, २०८० बिहीबार १२:५४ बजे

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो ।

दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बताए ।


उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ । पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि र हस्तलिखित निवेदन हुनुपर्नेछ ।

वडा कार्यालयबाट फारम वितरण भइरहेको बरालले जानकारी दिए । 'इच्छुक महानुभावले  कात्तिक १ गतेसम्म फारम भर्न पाउँने छन्,' उनले भने ।

शैक्षिक नागरिक विदेश पलायन नहोस र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस भनेर कक्षा तयारी सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

'योग्य नेपाली नागरिकलाई स्वदेशमा केही गरौँ भन्नेका लागि यो तयारी कक्षा कोसेढुंगा बन्ने छ,’ उनले थपे,’ बाटो बिराएकालाई लोक सेवा तयारी कक्षाले नयाँ देखाउँने छ । सही बाटोले निश्चित गन्तव्यमा पुर्‍याउँनेछ भनेर विश्वास गरेका छौ ।‘


Author

थप समाचार
x