समाज

अझै टेकोको भरमा अडिएका छन् काठमाडौँमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचना (फोटो फिचर)

इकागज |
कात्तिक २५, २०८० शनिबार ११:३२ बजे

काठमाडौँ- हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रुपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको छ ।

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । टाढाको कुरै नगरौँ । काठमाडौंको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरू पुनःनिर्माण शुरु समेत भएका छैनन् ।


२०७२ सालको महाभूकम्पको भग्नावशेषहरू संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ ।

अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् । अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ ।

 

तस्बिरहरू : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x