समाज

धनुषामा रेलमा किचिएर वृद्धको मृत्यु

सुभाष कर्ण |
कात्तिक २८, २०८० मंगलबार १५:४६ बजे

जनकपुरधाम- जनकपुर जयनगर रेलमा किचिएर एक वृद्धकाे मृत्यु भएकाे छ ।

जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलमा किचिएर भारतको मधुबनी जिल्ला घर भएका वर्ष ६० का विन्देश्वर दासको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।


रेलको लिक क्रस गर्ने बेलामा धनुषाको विदेह नगरपालिका वडा नंं २ मा दासकाे रेलमा किचिएर मृत्यु भएकाे प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् । 

दास विदेह नगरपालिकामा रहेकाे छोरीको ससुराली आएका थिए ।  मर्निङ वाक गर्ने क्रममा उक्त घटना भएकाे थियाे । यसैबीच दासको सनाखत गर्ने काम भएको प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x