समाज

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

इकागज |
मंसिर ८, २०८० शुक्रबार १७:१३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानुन व्यवसायीहरूको अग्रसरतामा काठमाडौँ महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिकाले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताए । उनले सो बत्ती पैदलयात्रीहरूले आफ्नो अनुकूलतामा स्विच बटन थिचेर रातो बत्तीमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताए ।


निर्माण सम्पन्न भएपछि केही दिन भित्रमा नै सो बत्तीको उद्घाटन गरिने जनाइएको छ । 


Author

थप समाचार
x