समाज

अधिवक्ता लाइसेन्स परीक्षा स्थगन गर्ने अल्पकालीन आदेश खारेज

इकागज |
मंसिर २२, २०८० शुक्रबार १८:३४ बजे

काठमाडौँ- अधिवक्ता लाइसेन्स परीक्षा स्थगित गर्न न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएकाे अल्पकालीन अन्तरिम आदेश सर्वाेच्चले खारेज गरिदिएसँगै अब अधिवक्ता लाइसेन्स परीक्षा हुने भएको छ । 

यसअघि बार काउन्सिलले  लिने अधिवक्ताको लाइसेन्स परीक्षामा नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकाहरूले समेत सहभागी हुन पाउनुपर्ने माग राखेर मनीषा गौतमले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।


उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले परीक्षा स्थगन गर्न अल्पकालीन आदेश दिएका थिए ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले न्यायधीश सुवेदीले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै अब बार काउन्सिलले परीक्षाका लागि नयाँ मिति तोक्न सक्नेछ ।

यसअघि शुक्रबार (आज) र शनिबार हुने गरी परीक्षाको मिति तोकिएको थियो ।

 


Author

थप समाचार
x