समाज

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

इकागज |
मंसिर २४, २०८० आइतबार २२:५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।​

आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी हुन् । उनले देशमा सबै कुराहरू राम्रो भए पनि नेताहरू भने भ्रष्ट रहेका बताइन् । उनले भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको जिकिर गरिन् ।


उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरूलाई मात्रै दोष दिन भने नमिल्ने भनाइ राखिन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने उल्लेख गरिन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताहरूले जफत गर्ने गरेका बताइन् । उनले राजनीतिक दलहरूसँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पत्ति भएको उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन् । उनले संविधानमा देखिएका समस्याहरूलाई भने संशोधन गर्दै जान सकिने बताइन् ।

 


Author

थप समाचार
x