समाज

बाँकेको नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

इकागज |
पुस १५, २०८० आइतबार २०:३१ बजे

सांकेतिक तस्बिर

बाँके- बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन् । बैजनाथ-३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए ।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको बताइएको छ । दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो ।


एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन् । उनीहरूबीच ढुङ्गा हानाहान भएको थियो ।

आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन् । घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।

अहिले स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ ।


Author

थप समाचार
x