समाज

विक्रम हुमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड

इकागज |
फागुन १०, २०८० बिहीबार १५:२६ बजे

रौतहट- सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् । एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्हालेका हुन् ।

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीबाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत् रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।


यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा विभाग काठमाडाैँ सरुवा भएको छ ।


Author

थप समाचार
x