समाज

मोरङ सोराभागका इन्चार्ज डिएसपी मृत फेला

इकागज |
फागुन २१, २०८० सोमबार १६:४१ बजे

सांकेतिक तस्विर

काठमाडौँ- मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन् ।


डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले इकागजलाई जानकारी दिए । उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘घटनास्थलमा नेपाल प्रहरीका अधिकारीहरू गइरहेका छन्,’ उनले भने, 'घटनास्थलमा पुगेपछि विस्तृत खबर आउला ।‘

घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको एसपी तिमल्सिनाले बताए । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।

 

 


Author

थप समाचार
x