समाज

महाशिवरात्रिमा सवारी साधनलाई डाइभर्सन गरिने, कहाँ गर्ने पार्किङ ?

इकागज |
फागुन २४, २०८० बिहीबार २१:४४ बजे

काठमाडौँ- महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


त्यसैगरी मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ ।गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरे ।

१. आवश्यकताअनुसार डाइभर्सन गरिने स्थानहरू::

– चाबहिलबाट गौशालातर्फ ।
– पुरानो बानेश्वरबाट गौशालातर्फ ।
– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
– द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
– तिलगंगाबाट गौशालातर्फ ।
– मालबाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारी साधनहरू गौरीघाटतर्फ ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर, मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अबस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।

२. मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन:

– कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
– कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालबाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने ।
– महाराजगंज, चावहिल हुँदै पशुपति वरपर जाने मालबाहक सवारी साधनहरू धुम्बाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३. पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरू:

– सिफल चौर (दर्शानार्थीहरूको)
– कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
– भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
– तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)
– वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)
– गुहेश्वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरूको सवारी साधनहरू)

४. जनशक्ति परिचालन:

– महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
– प्वाइन्ट ड्युटी, पार्किङ्ग ड्युटी, डाइभर्सन ड्युटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
– यस बाहेक विशिष्ट व्यक्तिहरूको भ्रमण व्यवस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने छ ।


Author

थप समाचार
x