समाज

दिपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

इकागज |
चैत ४, २०८० आइतबार २०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ । 

अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो ।  


जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए । दीपेश उक्त सहकारीका पूर्व कोषाध्यक्ष हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो । 


Author

थप समाचार
x