समाज

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

इकागज |
चैत ४, २०८० आइतबार २१:५६ बजे

काठमाडौँ- वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन् ।


समितले पदमबहादुर बुढालाई वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसका लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटक पटक गरी जम्मा ४ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते मीनभवनबाट पक्राउ गरेको हो ।

भट्टराईमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ ।


Author

थप समाचार
x