समाज

मिनभवन क्याम्पसका प्राध्यापक हत्याका योजनाकार थापा १६ वर्षपछि पक्राउ

इकागज |
चैत ६, २०८० मंगलबार १३:१४ बजे

काठमाडौँ- मिनभवन क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ परेकी छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याका योजनाकार ४१ वर्षीया सोभिता थापालाई पक्राउ गरेको हो ।

उनको भाइ विनोद थापासहितको तीन जनाका समूहले २०६४ असार २६ गते हत्या गरेका थिए । लुकीछिपी अवस्थामा गृहिणीको रुपमा घरमा रहेको को अवस्थामा उनलाई प्रहरीले सोमबार ललितपुर महानगरपालिका २६ ढोलाहिटीबाट पक्राउ गरेको हो ।



Author

थप समाचार
x