समाज

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

इकागज |
चैत ११, २०८० आइतबार १८:४३ बजे

धनगढी- कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।


ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिबार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो । ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।


Author

थप समाचार
x