समाज

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

इकागज |
चैत ११, २०८० आइतबार २०:५७ बजे

फाइल तस्बिर

पोखरा- स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



Author

थप समाचार
x