समाज

तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत

इकागज |
चैत १७, २०८० शनिबार १७:५७ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई ब्यास नगरपालिका-४ स्थित होटलमा लगी सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । 


यता दाङमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई घोराही उपमहानगरपालिका-१६ लमडरूवाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x