समाज

नेपालगञ्जमा युवकको शव फेला

इकागज |
चैत १८, २०८० आइतबार १९:३९ बजे

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका-२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, 'घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।' उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 


अस्पतालमा आगलागी 

यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x