समाज

रूसी सेनामा आबद्ध परिवारको सिंहदरबार अगाडि प्रदर्शन, १८ जना नियन्त्रणमा

इकागज |
चैत १९, २०८० सोमबार १२:४ बजे

काठमाडौँ - रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले सोमबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । 

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । 


उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 


Author

थप समाचार
x