समाज

६ जनाको ज्यान जाने गरी भएको प्युठान दुर्घटनाका फरार चालक ललितपुरबाट पक्राउ

इकागज |
चैत १९, २०८० सोमबार १६:१९ बजे

सांकेतिक तस्विर

काठमाडौँ- ६ जनाको ज्यान जाने गरी भएको सात वर्षअघि स्कार्पियो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । ललितपुर महांकाल गाउँपालिका-३ का २७ वर्षीय सरोज घलेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।


घले भने सवारी ज्यान मुद्दामा फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गर्न सफल भएको हो । घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।


Author

थप समाचार
x