समाज

१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघरका सञ्चालक पक्राउ

इकागज |
चैत १९, २०८० सोमबार १९:४३ बजे

काठमाडौँ- नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए । 'खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,' उनले भने ।


प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताए ।


Author

थप समाचार
x