समाज

कैदी छुटाइदिन्छु भनेर ठगेको आरोपमा धादिङका भट्ट पक्राउ

इकागज |
चैत २१, २०८० बुधबार १७:५५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- कैदी छुटाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका वडा नम्बर १३ कलंकी बस्ने ३७ वर्षीय शिशिरकुमार भट्टलाई  पक्राउ गरिएको  एसपी नकुल पोखरेलले जानकारी दिए । 

 प्रहरीका अनुसार उनले ९ लाख ८० हजार ठगी गरेको आरोप छ । धादिङ सिद्धलेक गाउँपालिका ४ का उनी स्थायी बासिन्दा हुन् ।


बैकिङ कसुर, वैदेशिक रोजगार जस्ता विभिन्न मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरूलाई अदालतको सेटिङमा छुटाइदिन्‍छु भनेर ठगेको आरोप उनीमाथि छ ।  


Author

थप समाचार
x