समाज

हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार

इकागज |
चैत २२, २०८० बिहीबार १८:३३ बजे

काठमाडौँ- कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ ।

हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।  


सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार तीनैजना आज बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले आज दिउँसो उनीहर"को सकुशल उद्धार गरेको हो । रासस


Author

थप समाचार
x