समाज

सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति

इकागज |
चैत २७, २०८० मंगलबार १८:२ बजे

काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ ।

यसअघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।


गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको सशस्त्रले जानकारी दिएको छ । 


Author

थप समाचार
x