समाज

अत्यन्तै अस्वस्थकर वायु प्रदूषण : भक्तपुरको एक्युआई ३१२, काठमाडौँको २४७

इकागज |
चैत २८, २०८० बुधबार ९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा केहि दिनदेखि वायु प्रदूषण बढिरहेको छ । काठमाडौँ उपत्यकामा आज तुवाँलो लागेको छ । 

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् गोविन्द झाले बताएका छन् । 'आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन' उनले भने ।


आज बिहान साढे ९:२५ बजेसम्म काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ छ । तर भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ रहेको आइक्यू एयरले उल्लेख गरेको छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।

एक्युआई २०० भन्दा माथि पुग्दा अत्यन्तै अस्वस्थकर हुने भएकाले बाहिर हिँड्‌डुल गर्न नहुने बताइन्छ ।

र, यो पनि


Author

थप समाचार
x