समाज

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन दूतावासको आग्रह

इकागज |
बैशाख २, २०८१ आइतबार १४:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।


साथै दूतावासले आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूतावासले कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजयकुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ । 

इरानले इजरायलमा गएरातिदेखि आक्रमण सुरु गरेपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा-भेला नगर्न निर्देशन जारी गरेको छ ।


Author

थप समाचार
x