समाज

तुलाको रोकिएका अधुरा कामहरू सुचारु हुने, कुम्भको महत्वपूर्ण काममा सफलता मिल्ने

इकागज |
बैशाख ३, २०८१ सोमबार ७:१० बजे

काठमाडौँ- आज २०८१ बैशाख ३ गते सोमबार ।

मेष
भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।


वृष
व्यापार व्यवसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

मिथुन
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

कर्कट
जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।

सिंह
धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

कन्या
धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंशा गर्नेछन्।

तुला
अरुले विश्वास गर्नेछन्। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन्। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन्।

वृश्चिक
सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

धनु
सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।

मकर
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

कुम्भ
नोकरीमा उतारचढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

मीन
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरू सुचारु हुनेछन्। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।


Author

थप समाचार
x